अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ । जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको हो ।

शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरेपछि अहिले मतदान रोकिएको छ । निर्वाचन समितिका अनुसार विवाद मिलाउने प्रयास जारी राखिएको छ ।
खासमा अध्यक्षका उम्मेदवारमध्ये विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ ।
अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।



