कैलालीको सुखडबाट एकजना युवक लागुऔषध सहित पक्राउ परेका छन्। शुक्रबार साँझ सुखड स्थित भजनी रोडबाट घोडाघोडी नगरपालिका १ जनकपुर बस्ने ३० वर्षीय महेश चन्द लागुऔषध सहित पक्राउ परेका हुन्।
चन्दको साथबाट ६ ग्राम ६०० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। पक्राउ परेका चन्दलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रकाशित :- २०८१ माघ ४, गते शुक्रबार

