कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ जङ्गल रिसोर्ट नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा अटो र मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र.०१०१० प ४२६७ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको से १ ह २९६२ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नं ५ का २६ वर्षीय मुकेश डंगौरा, मोटरसाइकल पछाडि सवार घोडाघोडी २ की १७ वर्षीय अनमिका चौधरी, यसै मोटरसाइकलमा सवार सोही ठाउँकी मेनुका चौधरी र अटो चालक घोडाघोडी नगरपालिका २ का २५ वर्षीय करन सिंह थारु रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घाइते चारै जनाको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ ।
घाइते सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



