कैलालीको बर्दगोरियाबाट प्रहरीले ११ जना जुवाडे पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बौनियाँबाट खटिएको प्रहरी टोलीले नगद ६२ हजार ८ सय ५५ र ७ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।


प्रकाशित :- २०८१ पुष २९, गते सोमबार

