कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध रुपमा भन्सार छली ल्याएका सामानहरु बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका २ मिलन चोक र वडा नं.१२ कम्पनी टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अनुमानित १ लाख ९० हजार १ सय २६ मूल्य बराबरको सामान बरामद गरिएको छ । उक्त मुल्य बराबरको चिनी, विभिन्न कम्पनिका मोबाइल चार्जर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका २ भासी, वडा नं. बसपार्क र बेदकोट नगरपालिका–७ डाउनाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अनुमानित ७८ हजार ८ सय ६० मूल्य बराबरको सामान बरामद गरिएको छ । उक्त मुल्य बराबरको चिनी, तरकारी, हार्डवेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।


