कैलालीका कमल शाही केही समय अगाडि अभद्र व्यवहार गरेको मुद्दामा फरार रहेका थिए । तर उनी हाल पुनः लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीका २९ वर्षीया शाही अभद्र व्यवहार मुद्दामा फरार रहेका थिए तर उनलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।
शाहीलाई कर्णाली नदी किनारमा फेला पारी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । उनको साथबाट प्रहरीले ०.३९ मिलिग्राम लागूऔषध फेला पारेको थियो ।


प्रकाशित :- २०८१ आश्विन ५, गते शनिबार

