
बाजुराको हिमाली गाउँपालिका वडा न ३ को गोरु खर्कमा शनिबार बिहान ९ बजे पहिरो खस्दा ४ जना घाइते भएका छन् ।


घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको सोही वडाका वडा अध्यक्ष मङ्गल बुढाले जानकारी दिए । उनका अनुसार पहिरोमा केही पशु चौपाया समेत पुरिएका छन् ।
घाइतेहरुको उद्दारका लागि प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप गिरिले जानकारी दिए । “प्रहरी परिचालन भइसकेको अवस्था छ । घटना स्थल दुरिका हिसाबले टाढा भएकाले टोलि नपुग्दा सम्म क्षतिको एकिन विवरण भन्न सकिदैन ।” उनले भने । जिल्ला सदरमुकामबाट घटना स्थल पुग्न ४ दिनको पैदल यात्रा गर्नु पर्छ । वडा अध्यक्ष बुढाका अनुसार घटना स्थल रहेको गोरु खर्कमा करिब ३० परिवारको बसोबास छ ।




