
कैलाली : सक्किगोनी नामक हाँस्य टेली श्रृंखलाका कलाकार सागर लम्साल ‘बले’ ले बैवाहिक लगन गाँठो कसेका छन् । स्याङ्जा निवासी सागरले झापा निवासी स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन् ।


काठमाण्डौको चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन् । स्नेहा पेसाले स्टाफ नर्स हुन् । झापा दमककी स्नेहा भक्तपुरस्थित मामाघरमा बस्दै आएकी थिइन् ।
बले हाँस्य कलाकार मात्रै नभई चर्चित मोडेल पनि हुन् । भद्रगोल नामक हाँस्य टेली श्रृंखलाबाट निकै चर्चामा आएका हुनी हाल सक्किगोेनी नामक टेली श्रृंखलाका एक मुख्य पात्रका रुपमा रहेका छन् ।




