सुखड: भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायरमा राजस्थान रोयल्य र सनराइजर्स हैदराबाट भिड्ने भएका छन् ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो भने हैदराबाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने यसअघि नै फाइनलमा पुगिसकेको छ।
आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ खेल भएका छन्। जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ।
आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका भिडन्तका लागि प्रतिस्पर्धा गर्ने छ।