कैलालीको घोडाघोडीमा एक विद्यालय दर्ता बिना अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ । उक्त विद्यालयले नगरपालिकाको अनुमति बिना विद्यार्थी भर्ना गरेको पाइएको हो ।
जिल्लाको घोडाघोडी नगरपालिका-४ जनकपुरमा ‘डाईनामिक एकेडेमी’ नाममा सञ्चालनमा रहेको उक्त विद्यालयसँग वडा नम्बर १ मा दर्ता को प्रमाण पत्र रहेको छ।
तर एक वडा बाट अर्को वडामा नामसारीको लागि उसले नगरपालिकाको शिक्षा शाखाबाट अनुमति लिनुपर्ने हुन्छ। सो विद्यालयले भने नगरपालिकाबाट कुनै अनुमति नलिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले पुष्टि गरे
उक्त विद्यालय वडा नम्बर एकमा अलि पहिले सञ्चालनमा रहेछ २०७६ यता कर समेत नतिरेको रहेछ नवीकरण नै छैन। अहिले आएर एक नम्बरबाट चार नम्बर ठाउँ सारीको लागि एउटा ठाडो निवेदन आएको थियो तर त्यसरी अन्यत्रै ठाउँ सारी गर्दा पहिले सञ्चालन भएको वडा र हाल सञ्चालन गर्ने वडा दुइटैको सहमतिका साथै नजिकै रहेको दुई ओटा सामुदायिक विद्यालयको सहमति, भौतिक पूर्वाधार, कार्यरत जनशक्तिको नियुक्ति पत्र र योग्यताका प्रमाण पत्रहरूका साथै विद्यार्थी भर्ना भएको विवरण नगरमा बुझायो भने शिक्षा शाखाले अनुमति दिन सकिने प्रावधान छ तर सो विद्यालयले यी कुनै पनि कागजातहरू ल्याएको छैन। त्यसैले शिक्षा समितिमा नै लगेका छैनौ सिंहले भने।
हामी लाई उक्त एकेडेमीले विद्यार्थी नै भर्ना गरेर पठनपाठन सुरु गरेको विषय आफूलाई जानकारी नभएको र यदि त्यस्तो पाइएमा अनुगमन गरी तुरुन्त बन्द गराउने प्रमुख सिंहले बताए ।
अभिभावक ज्यूहरूलाई पनि के आग्रह गर्छु भने त्यो अनुमति नै नलिएको विद्यालयमा आफ्ना नानी बाबुहरूलाई भर्ना नगरी दिनुहोस् नजिकै रहेका सामुदायिक विद्यालयमा भर्ना गर्नुहोस्।यदि संस्थापक मै गर्नुहुन्छ भनेपनि सम्बन्धित विधालाल नियम सङ्गत संचालनमा छ कि छैन सबै जानकारी लिएर मात्र भर्ना गरिदिनुस् । त्यस्तो अनुमति नै नलिएको विद्यालयमा भर्ना भएका विद्यार्थीलाई हामी परीक्षामा सामेल गराउन सक्दैनौँ ।
वडा नम्बर चारमै रहेका सो विधालाल वरिपरि रहेका सिताकुण्ड मावि र मेलघट्टी आ वि का प्रअले समेत उक्त विद्यालयले आफुहरु सँग कुनै समन्वय नगरेको र सहमति पत्रको लागी सामान्य जानकारी समेत नगराएको बताएका छन्।
नगरपालिकाले सो विद्यालय बन्द गराउने भनेपनि उता विधालालका संचालक धर्मेन्द्र हमालले भने आफुहरु सबै प्रक्रियामा रहेको बताएका छन्। विद्यालयले विद्यार्थी भर्ना गर्दै पठनपाठन सुरु गरिसकेको छ।
शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह