धनुषा । सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार सोमबार दिउँसो मोरङको धनपालथान-३, मा रहेको बोर्डर आउट पोस्ट (बिओपी) का प्रमुख बस्याल आफ्नो कार्यालयको कोठाभित्र झुन्डिएर मृत अवस्थामा फेला परेका हुन् ।
दाहालका अनुसार घटना स्थलतर्फ प्रहरी पुगी सकेको छ। कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डिएसपी बस्यालको शव फेला परेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरिएको डिएसपी दाहालले बताए । उनले भने, ‘प्रहरी पुगेर घटना स्थल सुरक्षित बनाउनुका साथै अनुसन्धानको काम थालिसकेको छ। घटना स्थल बन्द गरिएको छ। पाल्पा घर भएका डिएसपी बस्यालको परिवारका सदस्यसँग समन्वय भइरहेको र उहाँहरू आएपछि मात्रै ढोका खोल्ने छौँ।’
अहिले नै घटनाबारे यथार्थ विवरण आइ नसकेको र थप कुरा अनुसन्धानपछि मात्रै आउने दाहालले बताए।



