कैलाली । शुक्रबार भएको त्रिकोणात्मक टी २० सिरिजको तेस्रो खेलमा नामिबिया माथि नेपालले ३ रनको सनसनीपूर्ण जीत निकाल्यो ।
तर खेलको अन्तिम जति नेपालको खातामा आयो त्यति सहज भने थिएन । सुन्दा जति आनन्द छ त्यति आनन्द खेल हेर्दा थियो । उक्त खेलको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई ३ रनको रोमाञ्चक जित दिलाएका करण केसीले आफुले फसाएको खेल आफैंले नै निकाल्छु भन्ने मनस्थितिमा बलिङ गरेको बताएका छन् । जितपछि केसीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने, “अन्तिम ओभर थियो । मेरो पनि अन्तिम ओभर थियो । मलाई कस्तो फिल भयो भने मैले नै फसाएको खेल हो । मैले नै निकाल्नुपर्छ भनेर रोहितलाई नै भने मैले फाल्छु भनेर । कप्तानले पनि सर्पाेट ग¥यो ।”
उनले आफूले खेल प्रेसरभन्दा पनि इन्जोय गरेर खेल्ने गरेको अनुभव समेत सुनाए ।
‘प्रेसरभन्दा पनि म चाहिँ आफ्नो खेलमा इन्जोय गर्छु जहिले पनि त्यहि सम्झिएर खेल्छु । राम्रो गर्दा गर्दा कुनै दिन नराम्रो पनि हुन्छ । तर, अर्काे दिन फेरि राम्रो गर्नुपर्छ भनेर प्रेसर चाहिँ हुन्छ । तर, मचाहिँ इन्जोय गर्छु ।’, केसीले भने ।
उनले अन्तिम ओभर गर्नु पूर्व ३ ओभर बलिङ गर्दै ४१ रन खर्चेर १ विकेट हात पारेका थिए । त्यसकारण उनलाई अन्तिम ओभर बलिङ दिन चुनौती नै थियो तर उनको विकल्प पनि थिएन । किनभने अनुभवी बलर सोमपाल कामीको ४ ओभर सकिसकेको थियो । त्यस्तै दीपेन्द्र सिंह ऐरीको पनि ४ ओभर बलिङ गरी सकेका थिए । त्यस्तै अविनाश बोहराले पनि चार ओभर गर्दा बाँकी प्रतिश जिसी र कप्तान रोहित कुमार पौडेल रहेका थिए । आजको खेलमा कुशल मल्ल र गुल्सन झालाई बलिङ गर्न दिएन ।
अन्तिममा प्रेसर पनि थियो तर अनुभवी खेलाडीको आवश्यकता पर्ने हुँदा विश्वास गरेर कप्तानले केसीलाई बलिङमा ल्याए । त्यो उनले आफूलाई प्रमाणित पनि गरे । उसो त केसीले बेला बेला आफूलाई नेपाली टोलीमा प्रमाणित समेत पनि गरी सकेका थिए ।