राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही समय अगाडि केन्द्रीय महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि बर्खास्त गरेको थियो । त्यसको केही समयपछि रास्वपाले सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुन पनि बर्खास्त गरेको छ ।

रास्वपा सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति प्रकाश विष्टले विहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश महामन्त्री बाहुन पदमुक्त भएको जानकारी गराएका छन् । महामन्त्री बाहुनले नेतृत्वलाई असफल र असक्षम बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सङ्गठन र नेतृत्वलाई असहज तथा असफल बनाउने विविध क्रियाकलापहरू गरेको हुँदा सोबारे उनलाई स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ समेत सन्तोषजनक नभएकोले पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम कारवाही गरि पदमुक्त गरिएको विज्ञप्तिमा भनिएको छ ।


कारबाही गर्नु अघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए । तर उक्त जवाफ चित्त बुझ्दो नभएको पाटीको ठहर छ ।
महामन्त्री बाहुनले दिएको २१ बुँदे स्पष्टिकरणमा के के छ?
