नेकपा एमाले कैलाली जिल्लाको निर्वाचनको मतगणना सुरु भएको छ । २०० मत गणना गर्दा सम्म अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना भारी मतले अगाडी छन् । उनको १०३ मत छ । त्यस्तै अर्का उम्मेदवार डेजी पाण्डेको ७३ र दुर्गा जोशीको २० मत रहेको छ ।
उपाध्यक्षमा दलबहादुर विष्टको ७७, लोकेन्द्र बहादुर शाहीको ६२, विष्णु बहादुर चौधरीको ३० र गजेन्द्र बहादुर स्वारको ६ मत रहेको छ ।
सचिवमा दानबहादुर विश्वकर्माको ६०, विष्णुकुमार चन्दको ५७ र ममता प्रसाद चौधरीको ७२ मत रहेको छ ।
उपसचिवमा चूडामणि भट्टको ९०,नृप थ्यायत खड्काको ३५ भुवन रिजालको ३७ र राजु गुरुङको २३ रहेको छ ।
उपसचिव महिलामा गङ्गा कुमारी चौधरीको ६३, शान्ति देवी सिंहको ५३, अम्बिका विष्ट मल्लको ४३ र रत्ना कुवर जोशीको २८ मत रहेको छ ।
आज ५८० जनाले मतदान गरेका थिए ।