धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका ५ जना व्यक्तिको उद्धार गरिएको छ ।
नुक्लिपुरबाट दक्षिण मोहना नदीमा वर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुशल उद्धार गरिएको जनाइएको हो ।
शुक्रवार बिहान घाँस काट्न गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टि थुनिएका थिए । सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो ।
प्रकाशित :- २०८१ श्रावण ४, शुक्रबार १९:२१


