
कैलालीको बर्दगोरिया गाउँपालिकामा सकारात्मक सोच तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चुरे मिडिया प्रा.ली. धनगढीको आयोजना तथा बर्दगोरिया गाउँपालिको सहयोगमा विद्यार्थी लक्षित उक्त कार्यक्रमको आयोजना गरिएको हो । चुरे मिडिया प्रा.ली.का अध्यक्ष हेमन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले आजका किशोर अवस्थाका बालबालिकाहरू नै भोलीका देशका जनशक्ति भएकोले उनीहरूको सानै देखि सकारात्मक कुरा तर्थ ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भयो । बालबालिका काँचो माटो जस्तै भएकोले अहिले देखिनै उनीहरुको मानसिक, शारीरिक तथा सामाजिक क्षमता विकास गर्न सबै तर्फबाट पहल हुन आवश्यक रहेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले विद्यार्थी स्वयम अभिभावक र शिक्षक, शिक्षिकाहरूले समयमै उनीहरूको भविष्यबारे सोच्नु पर्ने बताउनु भयो ।

अहिले स्वदेशमा केही सम्भावना नरहेको भन्ने नकारात्मक सोचको बढी रहेको उल्लेख गर्दै यस्ता सोचको अन्त्य गरी स्वदेशमा रहेका सम्भावनाहरूको बारेमा पनि बालबालिकाहरूलाई प्रशिक्षित गर्नु पर्ने धारणा उहाँले राख्नु भयो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक तथा कार्यक्रमकी विशिष्ट अतिथि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीकी प्रमुख सञ्चालिका हिरा दिदीले मानिसको विकास र प्रगतिको लागी सकारात्मक सोच भन्दा अरू ठुलो अरू केही हुन नसक्ने बताउनुभयो । साथै निरन्तर प्रयासको र सकारात्मक सोचले मात्र मानिसले सफलता हासिल गर्न सक्ने
समेत बताउनुभयो ।

समयको अधिकतम सदुपयोग, असल बानी व्यवहार तथा लगनशीलता नै सफलताको प्रमुख कडी भएकाले यता तिर ध्यान दिन अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थिहरुलाई आग्रह गर्नुभयो । अल्छी, हिंसा, क्रोध नै मानिसको सबै भन्दा ठुलो प्रगतिको बाधक रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा वर्दगोरिया गाउँपालिकी शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्ट, वसन्त मुरारी मावि बौनियाका प्रधानाध्यापक तारा प्रसाद जोशी, जगदम्बीके भगवती मावि खैरेनीका प्रअ शिवराज गौतम लगायतले मन्तव्य राख्नु भएको कार्यक्रम सञ्चालन सुशील ढुङ्गानाले गर्नु भएको थियो । कार्यक्रममा वर्दगोरिया गाउँपालिकामा रहेका विभिन्न ६ वटा मावि स्कुलमा अध्ययनरत ९२ जना विद्यार्थिहरुको सहभागिता रहेको थियो ।


















प्रकाशित :- २०८० माघ २९, गते सोमबार