कैलालीको चिसापानी-कुइने सडक खण्डको डङडङेमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसरा ढकालको मृत्यु भएको हो।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल बुधबार साँझ ७ बजेतिर सडकबाट ३०० मिटर तल खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ आउँदै थिए। दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।


प्रकाशित :- २०८० पुष २६, गते बिहीबार

