
कैलालीको घोडाघोडीमा रहेको सुखड दरख खानेपानी उपभोक्ता समितिको ५ औँ चुनावी साधारण सभा सुखडमा सुरु भएको छ । साधारण सभा अन्तर्गत शनिवार उद्घाटन सत्र सम्पन्न भई चुनावी प्रक्रिया अघि बढेको छ ।
“खाने पानीमा शुद्धता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को १९ करोड ३१ लाख बराबरको आय व्यय प्रस्तुत गरिएको थियो । समितिका अध्यक्ष नीरज कुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी रहेका थिए ।
यस्तै विशिष्ट अतिथिमा नगर प्रमुख खडक बहादुर रावत रहेको थिए । समितिका उपाध्यक्ष तिलक भट्टराईको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रम समितिका सचिव टेकराज आचार्यले सञ्चालन गरेका थिए ।


प्रकाशित :- २०८० पुष २१, गते शनिबार