
कैलालीको बर्दगोरिया गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गानाको स्वागत गरिएको छ । बुधवार पालिका अध्यक्ष कर्णबहादुर कुँवर, उपाध्यक्ष गणेशराज गिरी, वडा अध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले विकासको कामलाई गति दिन र जनताका कामहरूमा गम्भीर बन्न निर्देशन दिएका छन् । यस्तै उपाध्यक्ष गिरीले गाउँ सरकारको विकासको गति अनुसार कार्य सम्पादनमा सक्रिय बन्न निर्देशन दिए ।
प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले आफू अछाममा हुँदा समेत बर्दगोरियाको विकासको चर्चा सुनिने गरेको भन्दै समृद्ध पालिका निर्माणका लागि आफू पनि हरपल तयार रहने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित :- २०८० पुष ११, गते बुधबार