कैलालीको बर्दगोरियामा यही मङ्सिर १३ गतेबाट सुरु हुने प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला व्यापी फुटबल प्रतियोगितालाई लम्कीमा रहेको गुरुकुल अङ्ग्रेजी माध्यमिक विद्यालयले साथ दिने भएको छ । विद्यालयले प्रतियोगिताको विजेताले प्राप्त गर्ने नगद २ लाख १ हजार पुरस्कार राशि प्रायोजन गर्ने भएको छ ।
प्रायोजनका लागी शुक्रवार आयोजक बर्दगोरिया स्पोर्ट एन्ड इभेन्ट प्रा.लि.का अध्यक्ष प्रमोद मल्ल र सो विद्यालयका अध्यक्ष माधव थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगितामा कैलाली जिल्लाभरिबाट प्रति पालिका बढीमा ३ टिमको सहभागिता गर्न सकिने आयोजकले जनाएको छ । यही कुरालाई आधार मान्य हो भने यो प्रतियोगितामा ३९ टिमको सहभागिता हुन सक्ने आकलन गर्न सकिन्छ । प्रतियोगिताको उप–विजेताले नगद १ लाख ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।