
कैलालीको धनगढीमा रहेको सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण भव्य रूपमा मनाउने भएको छ । शनिवार धनगढीको ओम पार्टी प्यालेसमा बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म कार्यक्रमको आयोजना हुने सहकारीका अध्यक्ष मनमोहन विष्टले बताए ।
अध्यक्ष विष्टका अनुसार हरेक वर्ष बाहिरबाट अतिथि बोलाउने सहकारीले यस पटक भने केही नयाँ गर्दै छ । उपस्थित शेयर सदस्यहरू मध्ये ज्येष्ठ सदस्यलाई प्रमुख अतिथि बनाउने सहकारीको योजना छ । कार्यक्रम स्थलमा पहिला पुग्ने ३० जना शेयर सदस्यहरूबाट गोला प्रथा गरी आकर्षक पुरस्कार समेत राखिएको अध्यक्ष विष्टले जानकारी दिए ।


प्रकाशित :- २०८० मंसिर ८, गते शुक्रबार