सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीको सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत सचिव दुवाडीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँ सरुवा भएको हो ।
उनको शुक्रवार बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा बोल्दै सचिव दुवाडीले आफू जहाँ भए पनि सुदूरपश्चिमका लागी तन मन देखी काम गर्ने बताएका छन् । “यति धेरै सम्भावना बोकेको प्रदेशमा हामीले किन प्रभावकारी रूपमा काम गर्न सकेनौ होला भन्ने विषय चाहिँ आज पनि अनुत्तरित प्रश्न लिएरै म फर्कँदै छु । माननीय मन्त्री ज्युहरू, मेरा साथीहरू यहाँ हुनुहुन्छ । यसको जवाफ चाहिँ खोज्नै पर्नेछ । लगानी सम्मेलनको कुरा छ । यो प्रदेशका लागी मैले जहाँ निर इट्टा थप्न सक्छु म तयार हुनेछु ।” प्रमुख सचिव दवाडीले भने ।