
कञ्चनपुरमा जुवाको खालबाट प्रहरी सहित आठ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपाल प्रहरीका नायब निरीक्षक (सई) पदम थापा समेत हुन ।

उनी लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत हुन । अन्य पक्राउ पर्नेमा पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे छन ।
जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र एक थान स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
