- सेती नदीमा डुबेर दुई बालक बेपत्ता भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ अन्तरर्गत रहेको सेती पुल छेउमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका हुन। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्ला बजार बस्ने ८ बर्षकी खुसी प्रजापति र सोही ठाउँ बस्ने साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए।
बेपत्ता दुवैको खोजी कार्यका लागी सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८० आश्विन २०, गते शनिबार