वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गाना एक्सनमा उत्रिएका छन् । उनी हाजिर भएको २४ घण्टा नबित्दै सोमबार राती धनगढीका २ होटेलबाट यौन धन्दामा संलग्न २ जोडी सहित होटेल सञ्चालकलाई पक्राउ गरेका छन् ।
धनगढीको पहाडगन्ज होटेलबाट एक जोडी सहित सञ्चालक र स्वागतम होटेलबाट एक जोडी सहित सञ्चालकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए । प्रहरीका अनुसार ती दुवै होटेल सञ्चालकले युवतीलाई कामदारको रूपमा राखी निर्बाध यौन धन्दा चलाएका थिए । भने पक्राउ परेका युवक चाहिँ ग्राहक हुन । आरआइटी र वडाको संयुक्त गस्ती टोलीले होटेलमा छापा हानेको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।