टिकटकर लोकेश पाल ठकुरी (झोले)को ‘ओइ कान्छी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका निकै चर्चित कन्टेन्ट क्रिएटर ठकुरिको अभिनय रहेको उक्त देउडा गितको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको हो ।
चर्चित देउडा गायिका रेखा जोशिको स्वरमा रहेको उक्त गितमा गायक इश्वर ओझाले साथ दिएका छ्न । गायक ओझाको शब्द र डिल्लिराज जोशिको संगित रहेको उक्त गितको म्युजिक भिडियो इश्वर ओझा युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो ।
निर्देशक रमेश बिजुली बिसिद्बारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा टिकटकर ठकुरीलाई मन्नु भट्टले अभिनयमा साथ दिएकि छिन् । माला श्री स्टुडियोले एरेन्ज गरेको गितको म्युजिक भिडियोको छायांकन दया चौधरीले गरेका हुन् ।


