नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कैलालीका कमलसिंह राना नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । उनले सृजनाका माध्यमबाट राना थारु (मातृभाषा) भाषा संरक्षण, विकास र समृद्धिमा विशिष्ट योगदान गरेको भन्दै नेपाल प्रज्ञाप्रतिष्ठानले शनिवार सम्मान गरेको हो ।

राष्ट्रिय मातृभाषा कविता महोत्सवको अवसरमा रानालाई नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र प्रतिष्ठानका कुलपति भूपाल राईले नगद एक लाख सहित कदर पत्र प्रदान गरे । उनी मातृभाषा संरक्षण तथा संस्कृति प्रवर्द्धनमा अग्रसर छन् । कैलालीका उदाउँदा युवा नेता राना भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीको विज्ञ सदस्य समेत हुन ।



