प्रेस चौतारी नेपाल कैलालीको ८ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार धनगढी सम्पन्न अधिवेशनबाट जनक विष्टको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

चौतारीको उपाध्यक्षमा लोकुसिंह ठकुरी, महिला उपाध्यक्षमा निर्मला कुमारी शाही, सचिवमा दिनेश बिष्ट, सहसचिवमा, धुर्ब ओझा, समावेशी सहसचिवमा भुपेन्द्र बि.क र कोषाध्यक्षमा जीवन विष्ट निर्वाचित भएका छन् ।
त्यसैगरी अधिवेशनले १० जना सदस्यहरूलाई समेत चयन गरेको छ । जसमा टेक सिहं धामी, पूर्णबहादुर साउद, दिनेश राना, भरत रिमाल, मनिसा भूल, सिद्धराज अधिकारी, नरेश नाथ योगी, भावना भण्डारी, भुमेश्वरी राना र कमल साउद रहेका छन् ।
चौतारीले जिल्ला कमिटी १७ जनाको बनाएको छ ।
यस्तै अधिवेशनले प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिको समेत टुङ्गो लगाएको छ । जस अन्तर्गत महिला प्रदेश प्रतिनिधिमा गीता चौधरी, खुलामा भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र शुसील ढुङ्गाना रहेका छन् । आचार्य निवर्तमान जिल्ला अध्यक्ष हुन् ।
त्यसैगरी महिला केन्द्रिय प्रतिनिधिमा इन्द्रा कुमारी केसी तथा भोजराज जोशी, हेमन्त पौडेल र ऐकेन्द्र तिमिल्सिना खुला प्रतिनिधिमा चयन भएका छन् ।

एमाले कैलाली पार्टी कार्यालयको सभा हलमा सुरु भएको जिल्ला अधिवेशनको सभापतित्व जिल्ला शाखा कैलालीका निवर्तमान अध्यक्ष भानुभक्त आचार्य गरेका थिए, भने कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन प्रमुख राजेन्द्र गौतम रहेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय उपाध्यक्ष राजेश राई र केन्द्रीय महासचिव हिरामान लामासहितको उपस्थिति रहेको थियो ।

