
नेपालका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । पर्सा, चितवन र पाल्पामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।


पर्साको वीरगन्ज महानगरपालिका-१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिवकुमार कुर्मीको शनिवार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका-१० स्थित सडकमा बाप्र ०६-००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय वैकुण्ठनाथ लम्सालको शनिवार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता पाल्पाको तानसेन नगरपालिका-११ सामाकोटस्थित सडकमा लु.२ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीया सीता गहतराजको शनिवार

बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


