
कैलालीको धनगढी उपमहानगरपालिकाबाट लागूऔषधसहित ३ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


धनगढी उपमहानगरपालिका-१२ पट्रीघाटबाट धनगढी-७ का २३ वर्षीय भजौरा राना र २४ वर्षीय प्रकाश रानालाई शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रण्मा लिएको जनाएको छ । उनीहरूलाई दूरपश्चिम प्रदेश ०१०१२ प ३७४ नम्बरको मोटरसाइकल सहित नियन्त्रण्मा लिएको हो ।
यस्तै सुदूरपश्चिम प्रदेश ०१०१० प ९६८१ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका-१२ पट्रीघाटबाट धनगढी-८ धनगढी गाँउका २८ वर्षीय सुरेन्द्र रानालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले ५ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको हो ।




