कैलालीको टीकापुरका एक युवक लागूऔषध मुद्दामा दोषी ठहर भए । दोषी ठहर भएपछि उनी फरार रहेका थिए । उनलाइ प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका-१ का २४ वर्षीय कुमार घर्ति मगरलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनलाई अदालतले लागऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेको थियो। तर उनी फरार थिए ।
फरार रहेका मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।



प्रकाशित :- २०८१ मंसिर ९, गते आईतवार