


कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ७ करैचामा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय सुमन कठरीयाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए ।

गए राति से ७ प ९११२ न को मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी ११ का सुमनको घटनास्थलमा नै मृत्यु भएको पालले बताए । उनका अनुसार शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल राखिएको छ ।




प्रकाशित :- २०८१ कार्तिक १३, गते मंगलवार