कैलालीको लम्कीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।
पश्चिमबाट पुर्वतर्फ गइरहेको जयसिँह ढाँटले चलाएको बाग्मती प्रदेश ०२०३९ प ३३५५ नम्बरको मोटरसाइकल र विपरीत दिँशाबाट आइरहेको से ७ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सोमवार लम्कीचुहा नगरपालिका–३ ढुङ्गेबजारमा भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन् ।
घाइते हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का जयसिँह भाट, उनको मोटरसाइकल पछाडि सवार रहेका शंकर ढाँट र अर्को मोटरसाइकलका चालक हर्कबहादुर विक र उनकी श्रीमती मैना विक घाइते भएका छन्। घाइते भएका तीन जना डिस्चार्ज भइसकेका छन् भने हर्कबहादुरलाई थप उपचारका लागि कोहलपुर मेडिकल रेफ गरिएको प्रहरीले जनाएको छ




प्रकाशित :- २०८१ आश्विन २२, गते मंगलवार