
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ मा रहेको सरस्वती आधारभूत विद्यालयको सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ तथा अभिभावक भेला सम्पन्न भएको छ ।


प्रत्येक सामुदायिक विद्यालयहरूले सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ अनिवार्य रुपमा गर्नुपर्ने नियम रहेको छ । सोही अनुसार सरस्वती आवि निम्दीले पनि मङ्गलबार गत आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परिक्षण सार्वजनिक सुनुवाइ तथा अभिभावक भेला सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा भए गरेका प्रगतिको समष्टिगत प्रगति विवरणहरूको सुनुवाइ जनप्रतिनिधि, अभिभावक, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा शिक्षा समिति अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद गौतम रहेका थिए भने विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत उमेश राज रेग्मी रहेका थिए ।




