मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएको ४ दिनसम्म घरबाहिर ननिस्किएपछि आइतबार प्रहरीको टोली गेट नै नाघेर प्रसाईंको घरमा प्रवेश गरेर पक्राउ गरेकाे हाे ।
व्यक्तिको चरत्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौं जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर पक्राउ पूर्जी जारी भएको ४ दिनसम्म उनीहरु घरबाट बाहिर निस्किएका थिएनन् । अन्ततः प्रहरीले गेट नाघेरै घरभित्र प्रवेश गरी पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गर्ने, अनेक आरोप लगाउने र सामाजिक सञ्जालमा हाल्ने गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ ।
उनीहरुलाई साइबर ब्यूरो र भक्तपुर प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।


