कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ५ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थान धनगढी–२ ट्राफिक चौराहा र हल्दुघाट, धनगढी–७ बेली र मनेहरा, धनगढी–९ त्रीवेणीघाट, धनगढी–१० जुगेडा, धनगढी–१२ कम्पनि टोल, भजनी–१ गोदाबरी चोक, भजनी–३ फडरिया र भजनी–७ हिक्मतपुर र चर्राबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ३१ हजार १ सय ९७ मूल्य बराबरको सामान बरामद गरिएको जनाएको छ ।
उक्त मुल्य बराबरको प्याज, चिनी, सरप, बिस्कुट, सुर्ती, पटका, तरकारी, दाल, खानेतेल, सुटपिस, कुर्ती, गन्जी, फ्राक, मोटरसाइकलको सिट कभर, क्लोज ब्रेक कभर, हर्न, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।


