कैलालीको धनगढी स्थित विमानस्थलबाट सोमबार प्रहरीले एक जना युवकलाई २१ ओटा आइफोन सहित पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१३ स्थित धनगढी विमान स्थलको दक्षिण तर्फ रहेको यात्रु प्रवेश द्वारमा प्रहरीले उक्त युवकलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं पठाउने भनी अन्दाजी ८ लाख ४० हजार बराबरका एप्पल कम्पनीका २१ ओटा आइफोन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा जिल्लाकै घोडाघोडी नगरपालिका-१ का २७ वर्षीय राजु चौधरी रहेका छन् ।
बराबर मोबाइल आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।



