धनगढी : कैलालीकाे धनगढी उपमहानगरपालिकाबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी वडा नं-१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो नै प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी वडा नं-१० घुइयाघाट बस्ने ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र वडा नं-३ घर भएका २४ वर्षीय सन्नी चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


