
धनगढी : कैलालीको धनगढीकी महिला फुटबल खेलाडी सीता थापाको उपचारका क्रममा निधन भएको छ । थापाको बिहीवार राति धनगढी स्थित नोभा अस्पतालमा निधन भएको हो ।


उनको निमोनियाको कारण निधन भएको कैलाली फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले बताए । धनगढी–१८ फूलबारी घर भएकी थापा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै महिला फुटबलको क्षेत्रमा लामो समयसम्म आफ्नो योगदान दिने अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी हुन् ।
थापाले नेपाल प्रहरीको फुटबल टोलीको महेन्द्र पुलिस क्लबमा आबद्ध भएर अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी भएकी खेलाडी थिइन् । उनी हाल नेपाल प्रहरीमै कार्यरत रहेकी थिइन् । थापाको निधनमा शोक मनाउँदै कैलाली जिल्ला फुटबल सङ्घले तीन दिनसम्म नियमित फुटबलका सम्पूर्ण गतिविधिहरू स्थगित गरेको जनाएको छ ।



