टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा आगलागी भएको छ । आइतवार पालिकाको भवनको दोश्रो तलामा रहेको विद्युत बोर्ड सर्ट भएर आगलागी भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले कार्यालयमा विद्युत लोड बढ्दा धान्न नसकेर आगलागी भएको हुन सक्ने बताएका छन् ।
कार्यालयमा एकपछि अर्को पटक विद्युतका बोर्डहरुमा आगलागी हुन थालेपछि सेवा प्रवाह समेत प्रभावित भैरहरेको छ । यसअघि असार २६ गते पनि कार्यालयको भुइँतलाको विद्युत बोर्डमा आगलागी भएको थियो ।
प्रकाशित :- २०८१ असार ३०, आईतवार १७:२४


