नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता हेरफेर गरेको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन् ।
चौधरी यसअघि पार्टीका प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय गरिएको जनाएको छ । लालवीर पार्टी संरक्षक रेशमलाल चौधरीका बुवा हुन् ।
उन्मुक्तिको केन्द्रमा चार सांसद छन् । ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।
गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले उन्मुक्तिको संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका थिए भने रञ्जिता चौधरीको हस्ताक्षर छैन ।
दलको नेता परिवर्तनको निर्णय गरिएको विषय बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन् ।



