कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले सरकारी गाडी र नगरपालिका कर्मचारीको दुरुपयोग गरेका छन्। मेयर रावतले सरकारी गाडी र नगरपालिकाको कर्मचारी (ड्राइभर ) को दुरुपयोग गर्दै पार्टीको अधिवेशनमा भाग लिन आफ्नो पार्टीका कार्यकर्ता बोकेर काठमाडौँ निस्केका हुन्।
रावत एकीकृत समाजवादीका कैलाली उपाध्यक्ष हुन्। एसको असार १६ देखि २० गतेसम्म अधिवेशन काठमाडौँमा सम्पन्न हुँदै छ।
सोही अधिवेशनमा भाग लिन मेयर रावत पार्टीका कार्यकर्ता बोकेर नगरपालिकाको सरकारी गाडीको दुरुपयोग गर्दै काठमाडौँ गएका छन्। अझ भन्दा मेयर रावतले नगरपालिकाको ड्राइभर आफ्नै निजी ड्राइभर भए जसरी निजी कामका लागि काठमाडौँ लिएर गएका छन्।
नगरपालिकाका एक कर्मचारीका अनुसार उनले कामको उदस्य नखुलाई काम काजको लागी भन्दै गाडीको पास बनाएका छन्।


