समाचार सारांश
- • अध्यक्ष कुँवरले खेललाई विवादरहित, निष्पक्ष र अनुशासित ढंगले सम्पन्न गर्न सुझाव समेत दिए।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा कार्तिक २ गतेदेखि सुरु हुने तेस्रो मदन भण्डारी कप कैलाली जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। घोडाघोडी नगरपालिका–स्थित पलमानपुरको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।
यसै क्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बिहीबार बिहान मदन भण्डारी कप सम्पर्क कार्यालय (सचिवालयको) निरीक्षण गरेका छन्। तयारीको अवस्थाबारे जानकारी लिंदै अध्यक्ष कुँवरले खेलको सफल आयोजना र सहभागिता वृद्धि गर्न आयोजक समितिलाई शुभकामना व्यक्त गरे।
उनले खेललाई विवादरहित, निष्पक्ष र अनुशासित ढंगले सम्पन्न गर्न सुझाव समेत दिए।
आयोजक समितिका अनुसार प्रतियोगितामा जिल्लाभरका विभिन्न क्लब र टिमहरूको सहभागिता रहनेछ भने विजेता टिमले ५२ हजार २ सय ५०, उपविजेता टिमले ३२,हजार २ सय ५० तथा उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।


