सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली सेनाले गरेको कामको प्रशंसा गरेका छन् । सरुवा भएका नेपाली सेनाका सुदूरपश्चिम पृतनापति प्रकाश देउजालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलवार बिदाइ गरि मायाको चिनो प्रदान गरे ।
सो अवसरमा उनले नेपाली सेनाले सुदूरपश्चिमको प्रसिद्ध बडिमालिका मन्दिर समयमै निर्माण गरेकोमा प्रशंसा गर्दै धन्यवाद समेत दिए । सोही अवसरमा मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्र र पर्यटनका हिसाबले भू स्वर्ग रहेकोले बताए । साथै उनले सो क्षेत्रमा अन्य संरचना निर्माण गर्दै पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकार लागिरहेको र सो प्राविधिक टोली खटाई अन्य संरचना निर्माणको थालनी गर्ने बताए ।
प्रदेश सरकारको यो काममा नेपाली सेनाको महत्त्वपूर्ण सहयोग हुने विश्वास समेत व्यक्त गरे । पृतनापति देउजाको सरुवा भएपछि उनको ठाउँमा किरण केसीलाई खटाइएको छ ।


