एसईई परीक्षाको नतिजामा कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत रहेको जनज्योति माध्यमिक विद्यालय सुन्दरपुर सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
नगरपालिकाबाट परीक्षा दिएका सामुदायिक विद्यालयका विद्यार्थीहरूमध्ये जनज्योति माविका अधिकतम विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका ५४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमध्ये ४१ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण दर ७५.९३ प्रतिशत रहेको छ, जुन नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी हो ।
विद्यालयका प्रधानाध्यापक दीपेन्द्र सुवेदीले निरन्तरको सुधार कार्यक्रम, नियमित पठनपाठन, शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको साथले यो परिणाम हासिल गर्न सहयोग पु¥याएको बताए ।
घोडाघोडी नगरपालिकामा यसपालिको एसईई परीक्षामा कुल १५९५ विद्यार्थीमध्ये १४४८ सामुदायिक विद्यालय र १४७ संस्थागत विद्यालयबाट परीक्षा दिएका थिए । नगर स्तरमा सामुदायिक विद्यालयको औसत उत्तीर्ण प्रतिशत ३५.७७ रहेको छ भने संस्थागत विद्यालयतर्फ ७४.१५ प्रतिशत रहेको छ ।



