घोडाघोडीमा चार जनाको घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ।
नगरपालिकाको वडा नम्बर ४ गैँडाखेडाका एकेन्द्र शाही, मदन बुढा, डबल ठगुन्ना र विष्णु पाण्डेको घर तथा गोठहरूमा आगो लागेको हो।
इलाका प्रहरी कार्यालय सुखडका डिएसपी रमेश दत्त अवस्थीका अनुसार शाहीको घर, बुढाको घर र गोठ, ठगुन्नाको गोठ र पाण्डेको घरमा आगलागीबाट क्षति भएको हो। शुक्रवार बिहान उनीहरूको घर तथा गोठहरूमा आगो लागेको डिएसपी अवस्थीले बताए । घोडाघोडी नगरपालिकाको दमकल, गौरीगंगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।।
प्रकाशित :- २०८२ जेष्ठ २, शुक्रबार १६:४५


