घोडाघोडीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो घोडाघोडी नगरपालिका–२ टनकपुरमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का नरबहादुर कडायतको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बा. प्र. ०१ ००६ ६ ७१ ५० नम्बरको पिकअप हाइसले से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कडायतको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
हाइस चालक लम्कीचुवा नगरपालिका १ का राजेश चौधरी र हाइस इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी अवस्तीले जानकारी दिए।
