कैलालीमा भरुवा बन्दुक र अवैध काठसहित दुई जनालाई पक्राउ गरिएको छ ।

मंगलबार बिहान ४ बजे कैलारी गाउँपालिका–८ कृतिपुर बस्ने ५० वर्षीय महाविर चौधरी र ४० वर्षीय तेज राम चौधरीलाई गौरीगंगा नगरपालिका–१० को उदासीपुरमा रहेको सरस्वती सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट भरुवा बन्दुु, १० छर्रा, ५ वटा केप, प्लाष्टिकको डिब्बामा बारुद र दुई राँगासहित काठको डल्लबमा लोड गरेको अवस्थामा १९ दशमलव ०६ क्यूफिट सालको काठ बरामद गरिएको छ ।
बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय उदासीपुरको जिम्मा लगाइएको छ भने पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय मसुुरियाले अनुसन्धान गरिरहेको छ ।



