सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ ।

डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्कासहितको समूहले चौथो पटक बडीमालिका, खप्तड र रामारोशनसम्म हेलिकोप्टरमार्फत भ्रमणको सुविधा दिएका हुन् ।
अछामको साँफेबगरबाट उनीहरूले तीन दिनमा ५० जनालाई बडीमालिका लगेका छन् । माघको महिना भएकाले बडीमालिका दर्शन गर्ने वृद्ध÷वृद्धाहरूको सङ्ख्या धेरै रहेको छ । पर्यटन व्यवसायी दीपकबहादुर खण्डकाले ५० जना बडीमालिका र पाँच जना खप्तड पुगेका बताए । उनले भने, ‘बडीमालिका ५० जना लगेका छौ । रामारोशन माथिबाट हेरेर फर्किदैछौ । पर्यटक आयो भने, हामीहरू लैजान्छौ ।’
बडीमालिका, खप्तड र रामारोशनका लागि हेलिटुरको सुविधा छ । माघ ११ गतेबाट सुरु भएको हेलिटुरमा ५० जनाले बडीमालिकाको दर्शन गरेका छन् । माघको महिना भएकाले बडीमालिकाको दर्शन गर्नेहरूको सङ्ख्या धेरै छ । खप्तडमा हिउँ छैन । हिउँ नभएकाले पर्यटकहरू पैदलबाट खप्तड जाँदैछन् । रामारोशनसम्म सडक पुगेको छ । सडक पुगेकाले आकाशबाट रामारोशन हेरेर हेलिकोप्टर फर्किने गरेको छ । खड्काले भने, ‘माघको महिना हो । बडीमालिका गैरहेका छन् । खप्तडमा हिउँ छैन । हिडेर पनि जाँदैछन् ।’
खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सको व्यवस्थापन तथा साँफेबगर महोत्सव २०८१ को अवसरमा लायन्स क्लव अफ साँफेवगरको आयोनामा फागुन ११ देखि पर्यटकहरूको माग अनुसार हेलिटुर सञ्चालन गरिएको हो । विगतका वर्षहरू जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन हेलिटुर सुरु गरिएको हो । हिमपात भएको समयमा पर्यटकको आवागमन शून्य जस्तै हुने भएकाले खप्तड बडीमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढाउन हेलिटुर सुरु गरिएको छ। खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले सुदूरपश्चिम प्रदेशमा स्थायी रहने गरेर हेलिकोप्टर आवश्यक रहेको बताए । उनले भने, ‘काठमाडौँबाट हेलिकोप्टर ल्याउने खर्च बढी छ। यतै एक हेलिकोप्टर भएको भए हुन्थ्यो। माघको महिना छ। बडीमालिका बुढा पाकाहरू जाँदैछन्। २ सय जनालाई हेलिकोप्टरमा यात्रा गराउने लक्ष्य छ ।’
साँफेबगरबाट खप्तड प्रतिव्यक्ति २२ हजार र बडीमालिका र रामारोशनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिन्छ ।

‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस


