अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो ।

अध्यक्ष पदमा उम्मेदवारी दिनेमा उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापा रहेका छन् ।
त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली , देवेन्द्र शर्मा , पार्वती नेगी , पदम नेपाली, देवकी कार्की र ममता अधिकारीको उम्मेदवारी परेको छ ।
यस्तै महासचिव पदमा सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का पदम काफ्ले, प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया, श्याम रोका तथा कोषाध्यक्षमा पार्वता चौलागाई र फुलमाया राणाको उम्मेदवारी परेको छ ।
सर्भरमा समस्या देखिएकाले निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम भने सार्वजनिक गरी नसकेको बताइएको छ । नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।



